loader

Breaking News

भुटानको सीमाना वाल भत्किँदा घर छोड्न बाध्य बने श्रमिकहरू

Image
 

अविरल वर्षाको कारण छिमेकी देश भुटानले लगाएको सीमाना वाल भत्किँदा डुवर्सको नगरकट्टा ब्लकस्थित जीती चियाकमानका श्रमिकहरू संकटमा परेका छन्। भारत भुटान सीमाना जीती चियाकमानको श्रमिक लाइनमा आईतबार अविरल वर्षाको कारण भुटानले लगाएको सीमाना वाल लड्दा कमानका केही श्रमिक परिवारहरू आ-आफ्नो घर छोड्न बाध्य बने । घटनाको जानकारी पाएपछि प्रशासनिक अधिकारीहरू घटनास्थलमा पुगेर प्रभावित परिवारहरूलाई अस्पतालको खुल्ला ठाउँमा ल्याएर राखेका थिए। उक्त घटनाले यहाँका श्रमिक परिवारलाई आतंकित बनाएको छ । सुरक्षा वाल लडेपछि भुटानबाट आएको वर्षाको पानीले श्रमिक लाइनलाई नै प्रभावित बनाएको छ। अर्कोतिर उक्त घटनाप्रति यहाँका श्रमिक नेताहरूले दुःख व्यक्त गर्नका साथै घटनालाई लिएर प्रश्न पनि तेर्साएका छन्। सोमबार नगरकट्टा पञ्चायत समितिका सभापति सञ्जय कुजुर, चम्पागुडी ग्राम पञ्चायतका प्रधान रमेश तिर्की, नगरकट्टा बीडीओले घटनास्थलको परिदर्शन गर्न पुगेका थिए।


Leave a Comment