loader

Breaking News

जल्दापाडामा हात्तीको दाँत र वन्यजन्तु सामग्रीसहित दुई पक्राउ

Image
 

कालचिनीको जल्दापाडा वन्यजीव विभागको विशेष अपरेसनमा वन्यजन्तु सामग्रीसहित दुई व्यक्तिलाई पक्राउ गरिएको छ। पक्राउ परेका  पति–पत्नी रहेको र उनीहरू वन्यजन्तु सामग्रीको अवैध कारोबारमा संलग्न रहेको जानकारी प्राप्त भएको छ।
वन विभागअनुसार पक्राउ परेका व्यक्तिहरू 53 वर्षीय परिमल चन्द्र दे र उनकी 32 वर्षीय पत्नी देबजानी रोय दे हुन्। परिमल चन्द्र दे पहिले पनि आर्मस एकट अन्तर्गत मुद्दामा परेका र देबजानी रोय दे पेशाले फिजियोथेरापिस्ट भए पनि  कारोबारमा महत्त्वपूर्ण सञ्जालको रूपमा संलग्न गरेको वन विभागको सूत्रले जनाएको छ।
वन विभागले बरामद गरेका सामग्रीहरूमा करिब 2 किलो तौलको तीन टुक्रा हात्तीको दाँत, चारवटा चितुवाको दाँत, एउटा सेतो स्विफ्ट गाडी (डब्ल्यूबी 74एडी1007) रहेका छन्। यो अपरेसन जल्दापाडा सहायक वन संरक्षक (एसीएफ) स्वर्णदीप्त रक्षित आईएफएसको नेतृत्वमा गरिएको बताइएको छ। पक्राउ परेका पति-पत्नीलाई अलिपुरद्वार अदालतमा पेश गरिनेछ भने अन्य संलग्न व्यक्तिहरूको पहिचानका लागि थप अनुसन्धान भइरहेको छ जनाइएको छ।


Leave a Comment