loader

Breaking News

नगरकट्टामा वाहन दुर्घटना : तीन व्यक्ति घाइते

Image
 


वाहन दुर्घटनामा तीन व्यक्ति घाइते भएका छन्। घटना बिहीबार अपरान्ह लगभग 4.30 बजीतिर डुवर्सको नगरकट्टा ब्लकको सुल्कापाडानस्थित राजमार्गमा भएको हो। जानकारीअनुसार बिहीबार आदिवासी समुदायको महान पर्व करम पुजामा सहभागी बनेर चमर्ची चुनाभट्टीबाट आएका केही व्यक्तिहरू सेतो बुलेरोमा सवार भई घर फर्किने क्रममा नगरकट्टाको सुल्कापाडास्थित राजमार्गमा एउटा टोटोलाई बचाउन खोज्दा दुर्घटना भएको चालकले बताएका छन्। वाहन रोडबाट उच्छिटिएर बाँस झ्याङ्गमा पसेको बताइएको छ। उक्त दुर्घटनामा वाहनमा सवार तीन व्यक्ति घाइते भएका छन् भने चालकको अवस्था सामान्य रहेको छ। स्थानीयहरूले घाइतेहरूलाई उद्धार गरी सुल्कापाडा अस्पताल पुऱ्याएको र घाइतेमध्ये एकजनालाई माल सुपर स्पेशिलिटी अस्पतालमा रेफर गरिएको जानकारी प्राप्त भएको छ। अर्कोतिर दुर्घटनाग्रस्त वाहनलाई उद्धार गरी नगरकट्टा थानामा लगिएको बताइएको छ।


Leave a Comment