loader

Breaking News

बोनसको माग लिएर डुवर्सका चियाश्रमिकद्वारा प्रदर्शन र राजमार्ग अवरोध

Image
 

दशैँअघि डुवर्सका चियाकमानहरूमा बोनसलाई लिएर आन्दोलन शुरू भएको छ। यसै क्रममा आज शुक्रबार डुवर्सको नगरकट्टा ब्लकअन्तर्गत ग्रासमोड चियाकमान, बानरहाट ब्लकअन्तर्गत रेडब्याङ्क चियाकमानका श्रमिकहरू आन्दोलनमा ओर्लिएका छन्। यसैबीच चमर्ची ग्राम पञ्चायतअन्तर्गत रहेको चमर्ची सार्क रोड श्रमिकहरूले अवरोध गरेका छन्।
राज्य सरकारले चियाकमानका श्रमिकहरूलाई 20 प्रतिशत बोनसको घोषणा गरेकोअनुरूप नै आफूहरूले बोनस पाउनुपर्ने चियाश्रमिकहरूको माग रहेको छ। 
उल्लेखनीय छ, चमर्ची क्षेत्रको आमबाडी चियाकमान अघिदेखि नै बन्द अवस्थामा छ भने त्यसको छेउमा रुग्न अवस्थामा रहेको रेडब्याङ्क चियाकमानमा 6 वटा वेतन बकाया छ। यस चियाकमानमा अहिलेसम्म पनि बोनसलाई लिएर कमान पक्षबाट कुनै घोषणा नगरिएपछि रुष्ट बन्दै श्रमिकहरूले विक्षोभ प्रदर्शन गर्नका साथै राष्ट्रिय राजमार्ग 17 पनि अवरोध गरे। अर्कोतिर ग्रासमोड चियाकमान प्रबन्धन पक्षले 8.33 प्रतिशत मात्र बोनस दिने नोटस जारी गरेपछि त्यहाँका श्रमिकहरू क्षुब्ध बन्दै शुक्रबार बिहानैदेखि गेट मिटिङ गरेर विरोध प्रदर्शन गरिरहेका छन्।
दुर्गा पूजाअघि चियाकमानहरूमा यसरी अवरोध हुँदा चियाश्रमिकहरूसँगै छेउछाउका व्यापारीहरू पनि आर्थिक संकटमा पर्ने हो कि भन्ने शंकामा डुबेका छन्।


Leave a Comment