loader

Breaking News

बोनसको मागमा ग्रासमोड कमानमा श्रमिकहरूको प्रदर्शन : वृहत आन्दोलनको चेतावनी

Image
 


डुवर्सको नगरकट्टा ब्लकको ग्रासमोड चियाकमानका श्रमिकहरूले 20 प्रतिशत पूजा बोनसको माग गर्दै शुक्रबारदेखि विरोध प्रदर्शन गरिरहेका छन्। शनिबार पनि यहाँका चिया श्रमिकहरूले गेट मिटिङमार्फत आफ्नो विरोध जारी राखे। गेट मिटिङ बिहान 8 बजी शुरू भएर 10 बजीसम्म चलेको थियो भने त्यसपछि श्रमिकहरू आ-आफ्नो काममा फर्किए। यसैबीच चिया कमानका प्रबन्धक सुबार्तो मुखर्जीले आज शनिबार अपरान्ह 4 बजीसम्ममा निर्णय आउने आश्वासन दिएका छन्। अर्कोतिर श्रमिकहरूले प्रबन्धकलाई घेरेर यदि आज पनि कुनै निर्णय आएन भने सोमबारदेखि वृहत आन्दोलन शुरू गर्ने चेतावनी दिएका छन्। ग्रासमोड चिया कमान व्यवस्थापनले 8.33 प्रतिशत मात्र पूजा बोनस दिने सूचना जारी गरेपछि ग्रासमोड चियाकमानका श्रमिकहरू आन्दोलित बनेका हुन। 
उल्लेखनीय छ, गत केही दिनअघि राज्य सरकारले राज्यका चियाकमानमा यसपालि 20 प्रतिशत गरेर बोनस दिइनुपर्ने एउटा एडभाइजरी जारी गरेको थियो। राज्यकी मुख्यमन्त्रीले पनि 20 प्रतिशत पूजा बोनस दिने सल्लाह दिइसकेकी छन्। यद्यपि चियाकमानका मालिकहरूले राज्य सरकारको एडभाइजरीलाई स्वीकार नगरेकोले श्रमिकहरूले दुखेसो पोखिरहेका छन्। 
हाल डुवर्सभरिका अधिकांश चियाकमानका श्रमिकहरू बोनसलाई लिएर आन्दोलन गरिरहेका छन। शुक्रबार मात्रा बानरहाट ब्लकको रेड व्याङ्कका चियाश्रमिकहरूले राष्ट्रिय राजमार्गलाई लगभग 6 घण्टासम्म अवरोध गरेर आफ्नो माग बुलन्द गरेका थिए।


Leave a Comment