loader

Breaking News

16 सेप्टेम्बरदेखि जल्दापाडा जंगल पर्यटकका लागि खुल्ने

Image
 

तीन महिना बन्द रहेपछि जल्दापाडा जंगल आगामी 16 सेप्टेम्बरदेखि पुनः पर्यटकहरूका लागि खोलिने भएको छ। 
यस वर्ष पर्यटकहरूको सुविधा र सुरक्षालाई प्राथमिकतामा राख्दै जल्दापाडा वन विभागले थुप्रै व्यवस्था मिलाएको छ। यसै क्रममा आइतबार मदारीहाट एनआईसीमा सफारी चालक र गाइडहरूसँग बैठक गरी आवश्यक निर्देशन दिइयो। 
जल्दापाडा अतिरिक्त वन्यजन्तु अधिकारी नविकान्त झाँका अनुसार, वाच टावर भएको स्थानमा फेन्सिङ, हलङ क्षेत्रमा पार्किङ जोन, पर्यटक सुविधाका लागि साइनबोर्ड जडानलगायतका व्यवस्था गरिएको छ।
वन विभागले थप सुधारात्मक कदम चाल्दै यस वर्ष पर्यटक अनुभवलाई अझ सुरक्षित र सहज बनाउन प्रयास गर्ने बताएको छ।


Leave a Comment