loader

Breaking News

फूलपाती शोभायात्रालाई सरकारी मान्यता र सहयोगको माग

Image
 


डुवर्सका विभिन्न चियाकमान गाउँ बस्तीमा दशैं पर्वअन्तर्गत मनाइने गोर्खा समुदायको फूलपाती शोभायात्रालाई आधिकारिक रूपमा सरकारी मान्यता र सहयोग प्रदान गर्नुपर्ने माग अघि आएको छ।
गोर्खा युवा संगठन, वीरपाडाले सार्वजनिक गरेको सूचनाअनुसार प्रत्येक वर्ष सप्तमीको दिन सम्पूर्ण गोर्खा समुदायले आफ्नो संस्कृति, परम्परा र एकताको प्रतीकस्वरूप फूलपाती शोभायात्रा आयोजना गर्दै आएको भए पनि पश्चिम बंगाल सरकारले अझैसम्म यस पर्वलाई छुट्टीको रूपमा घोषणा नगरेको र कुनै सरकारी सहयोग समेत नदिएको गुनासो गरिएको छ। 
यसै सन्दर्भमा बुधबार वीरपाडा नेपाली उच्च माध्यमिक विद्यालयको प्रेक्षागृहमा डुवर्सका सम्पूर्ण फूलपाती शोभायात्रा आयोजक समितिका सदस्यहरू, संघसंस्था तथा अग्रजहरूको उपस्थितिमा एक विशेष बैठक आह्वान गरियो। 
सो बैठकमा डुवर्स नेपाली साहित्य बिकास समिति, भारतीय गोर्खा परिसंघ, जयगाँउ समाज कल्याण संघ, भानुभक्त सांस्कृतिक मञ्च, डुवर्स नेपाली साहित्य सभा, डुवर्स अभियान समूह, पारसमणी जन कल्यान संस्थालगायत अन्यान्यको मुख्य उपस्थिति रहेको थियो।


Leave a Comment