loader

Breaking News

मिरिकमा दोस्रो अन्तर–प्राथमिक पाठशाला प्रश्नोत्तर प्रतियोगिता सम्पन्न

Image
 

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन प्राथमिक शिक्षा विभाग मिरिक क्षेत्र समितिको तत्परतामा गोपाल योन्जन प्रेक्षागृह मिरिक रङ्गशालामा दोस्रो अन्तर–प्राथमिक पाठशाला प्रश्नोत्तर प्रतियोगिता सम्पन्न भयो। मिरिक क्षेत्रका तीनवटा युनिटलाई लिएर सम्पन्न उक्त प्रश्नोत्तर प्रतियोगितामा पहिलो अनि दोस्रो सौरेनी युनिटका विद्यार्थीहरू अनि तेस्रो मिरिक युनिटका विद्यार्थीहरू भए। विजयी प्रतियोगीहरूलाई अतिथिहरूको बाहुलीबाट पुरस्कार  वितरण गरियो। कार्यक्रममा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन शिक्षा विभागका सभासद एवम् डेपुटी चेयरम्यान राजेस चौहान, मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राई, जनसम्पर्क अधिकारी विवेक गोले, पञ्चायत समिति सदस्य समीर राई ,पञ्चायत समिति शिक्षा विभागका कर्माध्यक्ष मन्दीप तामाङ ,मिरिक क्षेत्र समितिका एआइ सृष्टि गोम्देन, जीटीए विभाग र दार्जीलिङ सर्कलका एआईहरू,जिल्ला  बोर्ड सदस्यहरू ,हिल–तराई प्राथमिक शिक्षक संगठनका अध्यक्ष निरज राई, सचिव रिखीचरण खाती लगायत विभिन्न प्राथमिक पाठशालाका शिक्षक शिक्षिका उपस्थित थिए।  
कार्यक्रममा बोल्दै जीटीए शिक्षा विभागका सभासद एवम् डेपुटी चेयरम्यान राजेस चौहानले प्राथमिक पाठशालामा अध्यनरत विद्यार्थीहरूको दक्षता विकासका लागि जीटीए शिक्षा विभागले गत वर्षदेखि प्रश्नोत्तर प्रतियोगिता शुरू गरेको जसको सकरात्मक परिणाम अघि आइरहेको बताए। तिनले आगमी दिनमा जीटीएले जोय लर्लिङ शुरू गर्ने जानकारी गराँउदै प्राथमिक शिक्षालाई सुधार गर्न आफूहरू लागि परेको बताए। तिनले तेह्रवटा सर्कलबाट प्रश्नोत्तर प्रतियोगिताबाट छना‌ट भएका 39 जना विद्यार्थीहरूलाई लिएर बाल दिवसको दिन भव्य कार्यक्रम सुकुनामा गरिइने जानकारी पनि  गराए।


Leave a Comment