दार्जीलिङको घूम-जोरबङ्गलो र लप्चु–पेशोक मोटर स्ट्याण्डमा यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै दार्जीलिङ नगरपालिका र स्टेट ब्याङ्क अफ इन्डियाको सहयोगमा बस्ने चौतारीको सोमवार विधिवत् रूपमा उदघाटन गरियो। दार्जीलिङ नगरपालिकाका अध्यक्ष दीपेन ठकुरीले उक्त चौतारीको उद्घाटन गरे। चौतारी निर्माण गर्नुको मुख्य उद्देश्य वर्षायाममा यात्रुहरूलाई पानीबाट जोगाउनुका साथै ट्राफिक जामको कारण गाड़ी पर्खिनुपर्ने अवस्थामा उभिएर बस्नुपर्ने समस्यालाई निर्मूल गर्नु रहेको बताइएको छ।
उदघाटनपछि चौतारीको उचित रेखदेख तथा संरक्षणको जिम्मेवारी मोटर सिन्डिकेटलाई सुम्पिएको नगरपालिका अध्यक्षले बताए। यसैबीच, उनले उक्त चौतारी ग्यास सिलिन्डर राख्न प्रयोजनका लागि निर्माण नगरिएको पनि स्पष्ट पारे। यसका साथै उक्त स्थानमा मोमो तथा चाउमिन लगायतका खाद्य सामग्री बिक्री नगर्न उनले सम्बन्धित सबैसँग अपील गरेका छन्।


Leave a Comment