loader

Breaking News

लङ्भ्यू चियाकमानमा पीएफ क्याम्प : कहाँ गयो चियाश्रमिकको पीएफ राशि?

Image
 

पीएफ राशि जमा नै भएको छैन भन्यो.... कागजपत्र मिलाएर हालेको छु भन्दैछ खोइ हाल्यो कि हालेन.... थाहा छैन..... आफ्नो पीएफ राशि जमा नभएको अनि अर्काको नाउँमा राशि पसिरहेको गुनासो बोकी एकजना चियाश्रमिक बुधवार लङ्भ्यू चियाकमानमा आयोजित पीएफ क्याम्पमा देखापरेका थिए।

चिया श्रमिकहरूको पीएफ राशिमाथि अनियमितता अनि कमानपक्षले पीएफ राशि समयमा नबुझाइएको आरोपहरू विगत धेरै समयदेखि लङ्भ्यू कमानमा उठ्दै आइरहेको छ। 2013 –देखि श्रमिकहरूको पीएफ राशि कमानपक्षले नबुझाइएको आरोपबिच पीएफ कमिश्नरको पहलमा बुधवार खरसाङ खण्डको लङ्ग्भ्यू कमानमा एउटा क्याम्प बस्यो।

उल्लेखनीय छ, गत 18 जुलाईको दिन हिल प्लान्टेसन इम्प्लोइज युनियनले सिलगढी रिजनल पीएफ कार्यालयमा सन् 2013 देखि लङभ्यू चिया बगानका मालिकले नियमित रुपमा पीएफ राशि जम्मा नगरेको विषय लिएर पीएफ धरना प्रदर्शन एवम् घेराउ गरेको थियो। यसैबिच, पीएफ कमिश्नरलाई चियाश्रमिकहरूको पक्षमा एउटा ज्ञापन पनि बुझाइएको थियो। ज्ञापनपछि कमिश्नरले 30 जुलाईको दिन बगान स्तरमा एउटा क्याम्प राख्ने आश्वासन दिएका थिए। सोही अनुरूप बुधबार कमानमा पीएफ क्याम्प बसेको थियो।

यसै क्याम्पमा सन् 1987 –को अगस्त महिनादेखि लङ्भ्यू चियाकमानका काम गर्दै आइरहेका 65 वर्षीय सन्तवीर नामक एकजना श्रमिकले आफ्नो पीएफ राशि जमा नहुनु तथा अनियमिततामाथि यसरी गुनासो पोखिरहेका थिए।


Leave a Comment