सोनादामा एकांकी नाटक 'गुम्सिएको आवाजहरू' सफलतापूर्वक प्रदर्शन गरियो। न्यु लाइट क्लब मुण्डाहट्टा सोनादाको आयोजनामा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा लोअर सोनादा ग्राम पञ्चायत एककी पञ्चायत प्रधान बैजन्ती तामाङ उपस्थित थिइन् भने विशिष्ट अतिथिहरूमा हरिबहादुर मुखिया, उप प्रधान थेलेन लामा, प्रताप छेत्री, मेघनमणि थापा, रसिक छेत्री, अमर थापा, दावा तामाङका साथै कार्यक्रममा पर्यवेक्षकका रूपमा वरिष्ठ कलाकारहरू देवराज शेर्पा, मेनुका प्रधान, सूर्य श्रेष्ठ उपस्थित थिए। ढेन्डुप शेर्पाले सञ्चालन गरेको कार्यक्रममा विभिन्न विद्यालयहरू क्रमैले ग्रिन हिल स्कुल, सिडर्स हाई स्कूल, सन्त पिटर हाई स्कूल, मुण्डाकोठी हाई स्कूल, मार्गरेट्स होप हाई स्कूल आदि सहभागी थिए। कार्यक्रममा मुण्डाकोठी हाई स्कूलबाट उत्कृष्ट नाटककार चयन गरियो भने ग्रिन हिल स्कूल सोनादाबाट उत्कृष्ट अभिनय, सिडर्स हाई स्कूलबाट उत्कृष्ट संवाद चयन गरियो। कार्यक्रममा धन्यवाद ज्ञापन मुकुन्दमणि थापाले राखेका थिए। कार्यक्रममा सोनादा क्षेत्रका वरिष्ठ नाटककार हरिबहादुर मुखियालाई क्लबको तर्फबाट सम्मान जनाइयो भने वरिष्ठ कलाकरहरू क्रमैले देवराज शेर्पा, मेनुका प्रधान र सूर्य श्रेष्ठलाई पनि क्लबको तर्फबाट स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। उल्लेखनीय छ, सन् 1984 सालमा स्थापना भएको न्यु लाइट क्लबले समाजको उन्नतिमा अहम भूमिका निर्वाह गर्दै आएको छ। क्लबको आयोजनामा विभिन्न सामाजिक र सचेतनामूलक कार्यक्रमहरू आयोजना हुने गर्दछन्।
कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै न्यु लाइट क्लबका सभापति मुकुन्दमणि थापाले विस्तृत रूपमा जानकारी गराएका छन्।
Leave a Comment