loader

Breaking News

आईजीजेएफ-को पहलमा दार्जीलिङमा युवा संगम कार्यक्रम सम्पन्न

Image
 

इण्डियन गोर्खा जनशक्ति फ्रण्टको पहलमा शनिबार पार्टीको केन्द्रीय कार्यालय दार्जीलिङमा युवा संगम कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। कार्यक्रममा विभिन्न क्षेत्रका युवा कार्यकर्ताहरूको उत्साहपूर्ण सहभागिता थियो। युवा संगम ले युवाहरूलाई एकै ठाउँमा ल्याएर नेतृत्व विकास,सक्रिय संलग्नता,विचार आदान–प्रदान तथा पहाडको उज्ज्वल र प्रगतिशील भविष्य निर्माणका लागि साझा दृष्टिकोणलाई सुदृढ गर्ने महत्वपूर्ण प्लेटफर्मको भूमिका निर्वाह गरेको पार्टीले दाबी गरेको छ। सभामा आईजीजेएफ मुख्य संयोजक अजय एडवर्ड्स,सभासदहरू, वरिष्ठ पार्टी नेताहरू,प्रतिनिधिहरू तथा शहरभरिका उत्साही युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


Leave a Comment