loader

Breaking News

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय कमिटीको पुनर्गठन

Image
 

दार्जीलिङको स्थापित राजनैतिक पार्टी गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय कमिटीको पुनर्गठन गरियो। शनिवार दार्जीलिङस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको सभाले पार्टीको केन्द्रिय कमिटी पुनर्गठन गरिएको हो।
गोरामुमो केन्द्रीय समितिका अध्यक्ष पदमा  सर्वसम्मतिले मन घिसिङ,  उपाध्यक्षमा एन बी छेत्री, मिरिकको निम्ति केन्द्रिय समिति सेक्रेटरी जनरलमा ऋषि थापा अनि  केन्द्रीय प्रवक्तामा वाई लामालाई चयन गरियो भने 34 जनालाई कार्यकारी सदस्यका रूपमा  केन्द्रीय समितिमा चयन गरियो। यसपल्ट केन्द्रीय समितिमा युवावर्गलाई पनि सामेल गरिइएको बताइएको छ।
अर्कोतिर, दार्जीलिङ, खरसाङ अनि कालेबुङका लागि सेक्रेटरी जनरलको चयन त्यहाँका ब्राञ्च कमिटीसित परामर्शपछि नै गरिइने जनाइएको छ। 
सभामा दार्जीलिङ विधायक निरज जिम्बा, गोरामुमोका वरिष्ठ नेतृत्वगण, दार्जीलिङ, कालेबुङ, खरसाङ, मिरिक ब्राञ्च कमिटीका पदाधिकारी एवम् भातृ संगठनका प्रतिनिधिवर्ग लगायत अन्यान्यको उपस्थिति थियो।
नयाँ केन्द्रीय समितिमा चयन भएका सदस्यगणलाई पार्टी अध्यक्ष मन घिसिङद्वारा नियुक्ति पत्र हस्तान्तरण गर्दै खदा लगाएर स्वागत जनाइयो।
पार्टी उपाध्यक्ष एनबी छेत्रीले पत्रकारहरूसित बोल्दै सभाबारे विस्तृत जानकारी गराए।


Leave a Comment