गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले चुनाउ आयोगको सूचीबाट पार्टीको नाम हटाइएपछि पहिलो प्रतिक्रियास्वरूप केन्द्रिय समिति विघटन गरेको छ भने स्थायी रूपमा नयाँ केन्द्रिय समिति पुनर्गठन नभएसम्म अस्थायी समिति चाँडै गठन गर्ने भएको छ। यसको साथै आफ्नो दललाई पुन:सूचीबद्ध गर्न कानुनी रूपमा अघि बढ्ने कार्य योजना पनि गोरामुमोले बनाएको छ। शनिबार दार्जीलिङमा पार्टीका केन्द्रीय समितिका प्रतिनिधिहरूले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराएका हुन्।
उल्लेखनीय छ, गत 19 सेप्टेम्बर शुक्रबार, चुनाउ आयोगले देशभरिका 474 पञ्जीकृत राजनीतिक दलहरूलाई सूचीबाट हटाएको थियो, जसमा पश्चिम बंगालका 12 वटा दलहरूसहित पहाडको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा पनि सामेल छ। लगातार छ वर्षसम्म चुनाव नलडेका कारणले यी दलहरूलाई सूचीबाट हटाइएको हो।
स्मरण रहोस्, 23 सेप्टेम्बर मंगलबार गोरामुमोका सेक्रटरी जनरल नीरज जिम्बाले चुनाउ आयोगको सूचीबाट पार्टीको नाम हटाइएकोमा गृहमन्त्री अमित शाहलाई पत्राचार गरेका थिए।


Leave a Comment