loader

Breaking News

सील गरियो दार्जीलिङ ग्लेनरिजको बार

Image
 

आईजीजेएफ नेता अजय एडवर्ड्सको ग्लेनरिजभित्र रहेको बार बज-लाई तीन महिनाका लागि सील गरिएको छ।
एड्वर्ड्सको स्वामित्वमा रहेको ग्लेनरिजको बार बजलाई सोमवार राति 8 बजीतिर एक्साइज विभागले 3 महिनाका लागि सील गरिदिएको हो। डेपुटी एक्साइज कलेक्टर सरन्या पारिकले यसबारे जानकारी गराउँदै एक्साइज विभागका कलेक्टरको निर्देशअनुसार नै ग्लेनरिजको बारलाई 3 महिनाको लागि बन्द गरिएको बताए। उनले बंगाल एक्साइज रूललाई उल्लंघन गरिएको कारण नै उक्त बार सील गरिएको जनाएका छन्। बंगाल एक्साइज रूल 239 पनि उल्लंघनको एउटा कारण रहेको तिनको भनाइ थियो। 
अर्कोतिर, ग्लेनरिजका प्रबन्धक अशोक तामाङले बारको कागज-पत्रहरू सबै सही रहे पनि तर लाइभ प्रफर्मेन्सको कारण देखाएर बार सिल गरेको बताएका छन्।


Leave a Comment