दार्जीलिङ बार एशोसिएसनका महासचिव दिनेशचन्द्र राईको एउटा टोलीले 11 सेप्टेम्बर बिहीबार जीटीएका मुख्य कार्यपाल अनित थापासित भेट गर्दै मङपू अदालतमा पुन फर्किएकी न्यायिक म्याजिस्ट्रेट अलकानन्दा सरकारलाई स्थानानतरण गरिइनुपर्नेबारे ज्ञापन चढ़ायो।
टोलीको कुरालाई ध्यानमा राख्दै थापाले पश्चिम बंगाल राज्यका न्याय विभागीय मन्त्री अरूप विश्वाससित भेटेर कुराकानी गरेको अनि लिखित रूपमा यसबारे जानकारी गराएको बताएका छन्। उच्च अदालतको हस्तक्षेपछि न्यायाधीश सरकारको स्थानानतरण भएको बताइए पनि तर एसोसिएशनको भनाइ अनुसार उनी पुन: मङ्पू अदालतमा फर्किनु पहिलेको वचनको विपरीत रहेको थापाले उल्लेख गरेका छन्।
यसो हुनाले न्याय प्रक्रिया बिग्रिनुका साथै क्षेत्रमा तनाउ बढ़्ने आशंका व्यक्त गर्दै थापाले मन्त्रीलाई यसमाथि तत्काल हस्तक्षेपको माग गर्दै पत्र लेखेको पनि जनाएका छन्।
अर्कोतिर, न्यायाधीश सरकारलाई यथाशीघ्र स्थानान्तरण गरियोस् भन्दै आईजीजेएफ पनि बुधवार माग उठाएको थियो। यस विषय लिएर आईजीजेएफ मङपू-लाब्दा जोईन्ट को-अर्डिनेटर साङ्गे शेर्पाले यसको विरोध जनाउन सम्पूर्ण मङपूबासीलगायत अन्य सबै दलहरू सामूहिक रूपमा अघि आइदिने आह्वानसमेत गरेका थिए।
यसैगरी, न्यायिक म्याजिस्ट्रेट मङ्पू अदालतमा पुनः पदस्थापित भएकोमा आपत्ति जनाउँदै भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति मङ्पू-लाब्धा समष्टिले घोर विरोध जनाएको छ।
यसैबीच, दार्जीलिङ बार एसोसिएशनले मङ्पू अदालतकी न्यायाधीश पुनः फर्किएकोमा आपत्ति जनाउँदै फेरि अदालत बहिष्कार गर्ने निर्णय गरेको बताइएको छ।
Leave a Comment