loader

Breaking News

करोडौँ रूपियाँको लागुऔषधसहित दुई महिला पक्राउ

Image
 

द हिमाल वर्ल्ड
सिलगढी, 17 जनवरी 2025


करोडौँ रूपियाँको लागुऔषधसहित दुई महिला पक्राउलाई पुलिसले पक्राउ गरेको छ। एसओजी र बाघडोग्रा थानाको सादा पुलिसले लागुऔषधसहित यी दुई महिलालाई पक्राउ गरेको बताइएको छ। जानकारीअनुसार बिहीबार साँझ बाघडोग्रा विमानस्थल नजिकैको राष्ट्रिय राजमार्गमा दुई संदिग्ध महिलाहरूलाई देखेपछि उनीहरूलाई रोकेर सोधीखोजी गरियो । उनीहरूको तलासी लिइने क्रममा 902 ग्राम ब्राउन सुगर बरामद गरिएको बताइएको छ। यसपछि उनीहरूलाई तुरुन्तै पक्राउ गरियो। पुलिस सूत्रअनुसार आरोपीहरूले मालदाको नालागोलाबाट लागूऔषध ल्याएर सिलगढी तस्करी गर्ने योजना बनाएका थिए। यद्यपि, पुलिसले लागूऔषध तस्करी गर्नअघि नै दुई महिलालाई पक्राउ गर्न सफल बन्यो। पक्रा पर्नेहरूमा शाहिना बेगम र गुलाबसाना खातुन सामेल छन्। उनीहरू दुवै मतिगढा क्षेत्रका बासिन्दा रहेको पुलिसले बताएको छ। पुलिसले घटनाको अनुसन्धान शुरू गरेको बताइएको छ।


Leave a Comment