सिलगढीमा बिहीबार प्राइवेट स्कूल बसहरूविरुद्ध विशेष अभियान चलाइयो। जसमा धेरैवटा स्कूल बसहरूले लापरवाही गरिरहेको खुलेको छ। प्राइवेट स्कूल बस परिसेवालाई लिएर गत लामो समयदेखि धेरै गुनासोहरू पुलिसलाई प्राप्त भएका थिए। गाडीको वैध कागजातको अभाव, चालकहरूसँग लाइसेन्स नभएको र विद्यार्थीहरूका लागि पर्याप्त सुरक्षा उपायहरूको अभाव जस्ता धेरै गुनासोहरूको आधारमा, सिलगढी जंक्शन ट्राफिक गार्डले अन्ततः बिहीबार कडा पदक्षेप उठाएको थियो।
बिहानदेखि शहरका विभिन्न क्षेत्रहरूमा प्राइवेट स्कूल बसहरूविरुद्ध अभियान सञ्चालन गरिएको थियो। यस अभियानमा धेरै लापरवाहीहरू उजागर भएका छन्। अभियानको क्रममा धेरैजसो स्कूल बसहरूको कुनै वैध फिटनेस सर्टिफिकेट अनि बीमा कागजातहरू नभएको देखियो। केही चालकहरूले वैध ड्राइभिङ लाइसेन्बिना बसहरू हाँकिरहेको पनि खुलासा भएको छ।
सबैभन्दा चिन्ताजनक कुरा के छ भने धेरै बसहरूमा विद्यार्थीहरूको लागि न्यूनतम सुरक्षा उपायहरू छैनन्। धेरैजसो बसहरूमा सीसीटीभी क्यामेरा वा जीपीएस ट्र्याकिङ प्रणाली छैन। धेरैवटा बसहरूमा रहेका फर्स्ट एड बक्सहरू पुराना र म्याद सकिएका औषधिहरूले भरिएका थिए। प्रशासनको तर्फबाट बसहरूलाई फाइन लगाउनका साथै बस मालिकहरूलाई चेतावनी पनि दिइएको बताइएको छ। ट्राफिक अधिकारीहरूले भविष्यमा पनि यस्ता अभियान सञ्चालन गर्ने बताएका छन्। यस घटनाले अभिभावकहरूलाई पनि चिन्तित बनाएको छ। प्रशासनले अबउसो स्कूल बसहरूमा कडाइ गरिइने आश्वासन पनि दिएको छ।
Leave a Comment