loader

Breaking News

सिलगढी एटीएम लुटपाटकाण्डमा हरियाणाका एक व्यक्ति पक्राउ

Image
 

सिलगढीको भक्तिनगर थानाअन्तर्गत आशिघर चौकी क्षेत्रमा भएको एटीएम लुटपाटको घटनामा पुलिसले एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति हरियाणा निवासी उजेर खान रहेको बताइएको छ। आरोपी खानलाई पुलिसले बिहारको सुपल जिल्लाबाट पक्राउ गरेको हो।

पुलिस सूत्रअनुसार, पाँच जना उपद्रवीहरूको समूहले गत 23 जुलाई, बुधबार राति लगभग 15 लाख रुपियाँ एटीएमबाट लुटेका थिए। ग्यास कटरको प्रयोग गरेर एटीएम लुट्नका साथै उपद्रवीहरूले एटीएममा आगोसमेत लगाइदिएका थिए। बदमाशहरूले घटनामा चोरीका वाहन प्रयोग गरेका थिए।

लुटपाटपछि पुलिसले पक्राउ गरेको उजेर खान बिहारमा लुकेका थिए र पछि हरियाणा भाग्ने क्रममा पक्रा परेको हो। आरोपीलाई शनिबार जलपाईगढी अदालतमा पेश गरियो ।  अन्य चार अभियुक्तहरूलाई पक्राउ गर्न  र लुटेको पैसा बरामद गर्न विशेष अनुसन्धान टोलीले अन्य राज्यहरूमा खोजी अभियान सञ्चालन गरिरहेको बताइएको छ।


Leave a Comment