loader

Breaking News

सिक्किम सरकारले 10 अगस्तलाई आमा सम्मान दिवसको रूपमा पालन गर्ने

Image
 

सिक्किम सरकारले आमाहरूको अमूल्य योगदान र त्यागको सम्मानस्वरूप हरेक वर्ष 10 अगस्तलाई “आमा सम्मान दिवस” को रूपमा मनाउने निर्णय गरेको छ। यस सम्बन्धी राज्यको गृह विभागले आज अधिसूचना जारी गरेको हो।

अधिसूचनामा उल्लेख गरिएअनुसार, “आमाहरू बालबालिकाको जीवनमा स्नेह, करुणा, मूल्य र शिक्षाको माध्यमबाट गहिरो प्रभाव पार्ने व्यक्तित्व हुन्। उनीहरूको मार्गदर्शनले समाजका उत्तरदायी र मूल्यवान नागरिक तयार हुन्छन्।”

राज्य सरकारले आमाहरूले समाज र सन्तानको जीवन निर्माणमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै “आमा सम्मान दिवस” मनाउने निर्णय गरेको हो, जसलाई प्रत्येक वर्ष 10 अगस्तमा औपचारिक रूपमा मनाइनेछ।

आज जारीएको  अधिसूचनामा भनिएको छ, “यस दिवसले आमाहरूको निःस्वार्थ प्रेम र योगदानलाई सम्मान गर्ने अवसर प्रदान गर्नेछ।”


Leave a Comment