loader

Breaking News

सिक्किममा मृत अवस्थामा भेटिए बाघडोग्रा निवासी

Image
 

द हिमाल वर्ल्ड

गान्तोक, 5 फरवरी

सिलगढ़ी नजीक बाघडोग्रा निवासी 57 वर्षीय हरि तामङ सिक्किमको रम्फूस्थित आफ्नो क्वार्टरमा मृत अवस्थामा फेला परेका छन्। उनी सिक्किम मनिपाल इन्स्टिट्युट अफ टेक्नोलोजी (एसएमआईटी) –मा सन् 1997 –देखि काम गर्दै आइरहेका थिए। 
रम्फू पुलिस स्टेशनका स्टेशन हेड अफिसर निरज खतिवड़ाले जानकारी दिए अनुसार बुधवार बिहान 11.30 उनको क्वार्टरभित्र मृत्यु भएको खबर पाएपछि घटनास्थलमा पुलिस पुगेको र मृतदेह उद्धार गरेको हो। 
एक अन्य पुलिस सूत्रले जनाए अनुसार तामङ झुण्डिएको अवस्थामा फेला परेका थिए। सम्भवत उनले आत्महत्या गरेको हुनसक्ने आशंका पनि गरिएको छ।


Leave a Comment