loader

Breaking News

आज पहिलो आमा सम्मान दिवस आयोजना गर्दै एसकेएम सरकार

Image
 

सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) सरकारले आज 10 अगस्टको दिन पहिलो आमा सम्मान दिवस आयोजना गरेर 32 हजारभन्दा अधिक आमाहरूलाई सम्मानित गर्ने भएको छ। यसका लागि सरकारले आफ्नो पूर्ण तयारी गरेको छ।
 10 अगस्तलाई एसकेएम पार्टीले जन उन्मुक्ति दिवसको रूपमा पालन गर्दै आएको छ भने यस वर्ष यो दिन सिक्किमका आमाहरूलाई समर्पित गर्दै सरकारले पहिलो आमा सम्मान दिवसको रूपमा पालन गर्ने निर्णय लिएको हो। 
आमा सम्मान दिवसको अवसर पारेर सरकारले 32 हजारभन्दा अधिक आमाहरूलाई आर्थिक सहयोग स्वरुप वार्षिक 40 हजार रुपियाँ दिनैछ जसको पहिलो किस्तिको चेक आज मुख्यमन्त्रीले वितरण गर्नेछन्। 
यसका लागि सरकारले प्रत्येक निर्वाचन क्षेत्रबाट एक एक हजार लाभार्थी आमाको चयन गरेको छ भने लाभार्थी आमालाई आज सम्मान गरिने सम्मान गरिने ग्राम विकास विभागका मन्त्री अरुण उप्रेतीले जानकारी दिए। रम्फू खेलमैदानमा ठूलो संख्यामा भेला हुने आमाहरूको सुविधालाई ध्यानमा राखेर सरकारले कार्यक्रम स्थलमा आमा सुविधा घरको स्थापना गरेको छ। यसले विशेष गरेर नानी लिएर सम्मान कार्यक्रममा उपस्थिति दिने आमा विशेष सहयोग दिने साथै अन्य आवश्यक सुविधा पनि यसबाट उपलब्ध गराइने मन्त्री उप्रेतीले बताए। आमा सम्मान कार्यक्रमको अवसरमा सरकारले महिलाको पक्षमा शुरु गरेका अन्य सुविधाको लाभ पनि मुख्यमन्त्रीको बाहुलिबाट हस्तान्तरण गरिने मन्त्रीले बताए।
पहिलो आमा सम्मान दिवस समारोहमा लगभग 1 लाख 20 हजार मानिसहरूको जमघट हुने मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेतले जानकारी दिएका छन्। ठूलो संख्यामा भेला हुने मानिसहरूको सबै सुविधालाई ध्यानमा राखेर आवश्यक सुविधा उपलब्ध गराउन हरसम्भव प्रयास गरिएको  उनले बताए।  
मुख्यमन्त्री पीएस गोलेका प्रेस सचिव युगेन तामाङले आमा सम्मान योजना सिक्किमका आमाहरूलाई सम्मानित गर्ने सरकारको प्रमुख कार्यक्रम रहेक  जानकारी दिएका छन्। यस योजनबाट सिक्किममका आमाहरूको सामाजिक र आर्थिक स्तरोन्नति हुने सरकारको विश्वास रहेको उनले बताएका छन्। 


Leave a Comment