loader

Breaking News

पूर्व सिक्किमको तुमिनमा मेरो बाटो मेरो बोट अभियान पालन

Image
 

पर्यावरण संरक्षणका लागि सिक्किम सरकारको ध्वजावाहक कार्यक्रम 'मेरो बाटो मेरो बोट' अन्तर्गत बुधबार तुमिन-लिङ्गी निर्वाचन क्षेत्रको धानबारीमा गुराँसका बिरुवा रोपिएको छ। वन तथा पर्यावरण विभागको ल्यान्ड युज शाखाले आयोजना गरेको कार्यक्रममा क्षेत्र विधायक सामडुप छिरिङ भोटिया र गान्तोक जिल्लाका जिल्ला पञ्चायत अध्यक्ष बलराम अधिकारीको विशेष उपस्थिति रहेको थियो।

तुमिन धानबारीको सडक किनारमा स्थानीय मौसममा अनुकूल मानिएका प्रजातिका गुराँसका बिरुवा रोपियो जसलाई संरक्षण गर्ने जिम्मेवारी स्थानीय मानिसहरूले लिएका छन्। तुमिनको धानबारी गाउँ डेरी उत्पादनको प्रमुख स्थान रहेकाले यसको सडक किनारमा फुल्ने वनस्पति लगाएर भविष्यको पर्यटन सम्भावनालाई विकास गर्नका लागि स्थानीयले यहाँ गुराँसका बिरुवा सडक किनारमा लगाइएको मानिसहरूले बनाएका छन्।

यस अवसरमा वन विभागको पक्षबाट डिएएफओ सिएम भण्डारी, सोसल फरेस्टरीका डिएफओ अनुप बानियाँ, एसीएफ एसडी भोटिया लगायत विभागका आरओ, बीओ साथै फिल्ड कर्मचारीको उपस्थित रहेको थियो। कार्यक्रम अवधि स्थानीय पञ्चायत र  गाउँलेको सहभागितामा लगभग 300 गुराँसका बिरुवा सडक किनारमा रोपियो।

'मेरो बाटो मेरो बोट' अभियान सिक्किममा पर्यावरण संरक्षणको प्रमुख कार्यक्रम रहेको बताउँदै क्षेत्रका विधायक सामडुप छिरिङ भोटियाले बिरुवा संरक्षणमा साझा जिम्मेवारीको आग्रह गरेका छन्।


Leave a Comment