loader

Breaking News

पीएमजीएसवाई योजनाबाट पाँच वर्षमा सिक्किममा 730 किमी ग्रामीण सडक निर्माण

Image
 

प्रधानमन्त्री ग्राम सडक योजना (पीएमजीएसवाई) पछिल्लो पाँच वर्षमा सिक्किममा 730.26 किलोमिटर ग्रामीण सडक निर्माण गरिएको छ।
सिक्किमका राज्यसभा सांसद दोर्जी छिरिङ लेप्चाले सदनमा राखेको प्रश्नको जवाफमा ग्रामीण विकास राज्यमन्त्री कमलेश पासवानले यो जानकारी दिएका हुन्। उनले दिएको विवरण अनुसार चालु आर्थिक वर्ष 2025-26 का लागि राज्यलाई 1 सय 75 करोड रुपियाँ विनियोजन गरिएको छ, जस मध्ये राज्यको अंश सहित 50.62 करोड रुपियाँ खर्च भइसकेको छ।
पछिल्ला 25 वर्षमा सिक्किमले पीएमजीएसवाई अन्तर्गत 4,757 किमी ग्रामीण सडक निर्माण गरे दुर्गम गाउँ, पर्यटनस्थल र सीमावर्ती क्षेत्रमा पहुँच पुर्‍याएको छ। यसले कृषिजन्य उत्पादन, दुग्ध तथा पशुपालन बजारसम्म पुर्‍याउन सजिलो बनाएको छ, पर्यटक आगमनले रोजगारी सिर्जना गरेको छ, र साना तथा मध्यम उद्योगलाई प्रोत्साहन दिएको छ। नीति आयोग, आइआइएम अहमदाबाद, विश्व ब्याङ्क, आइएलओ र बिट्स पिलानीले गरेका अध्ययनले यातायातसँगै शिक्षा, स्वास्थ्य, रोजगारी र महिलाको सशक्तीकरणमा सकारात्मक प्रभाव पारेको राज्यमन्त्रीले जानकारी दिएका छन्।
सडकको गुणस्तर सुनिश्चित गर्न तीन तहको अनुगमन प्रणाली लागू गरिएको छ। फील्ड स्तरको गुणस्तर नियन्त्रण, राज्यस्तरीय गुणस्तर निरीक्षक, र राष्ट्रियस्तरीय गुणस्तर निरीक्षक। सडकहरू इन्डियन रोड्स कांग्रेस (आईआरसी) को मापदण्ड अनुसार निर्माण गरिन्छन्, जसमा पाँच वर्षको ठेकेदार मर्मतपछि थप पाँच वर्ष राज्यद्वारा मर्मतको व्यवस्था छ। साथै, सरकारले जलवायु–मैत्री संरचना, राम्रो जलनिकास, विपद् प्रतिरोधी ढाँचा, र इन्जिनियर तथा ठेकेदारका लागि नवीनतम प्रविधि तालिमलाई प्राथमिकता दिएको राज्यमन्त्रीले जानकारी दिएका छन्।‌


Leave a Comment