द हिमाल वर्ल्ड
कालेबुङ, 12 जुलाई, 2025।
कालेबुङ सचेत मञ्चले आगामी 3 अगस्त 2025, आइतबार कालेबुङस्थित एक होटलमा एक विशेष समारोह आयोजना गर्दै स्वास्थ्य क्षेत्रका समर्पित व्यक्तित्व डा. पी. डी. भोटियालाई 'सचेत नागरिक सम्मान–2025' प्रदान गर्ने भएको छ।
शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत् मञ्चका प्रमुख सल्लाहकार डा. भुवन पी. खनालले जानकारी दिएअनुसार, डा. भोटियाले विगत लामो समयदेखि समाजका पिछाडिएका वर्गहरूका लागि समर्पित भावनाले सेवा दिँदै आइरहेका छन्।
समारोहमा प्रमुख अतिथिका रूपमा सिक्किम सरकारका पूर्व मन्त्री जी. एम. गुरुङको उपस्थिति रहनेछ। कार्यक्रमको सफलताका लागि मञ्चले सबै पक्षहरूलाई सहभागिताको अपिल समेत गरेको छ।
Leave a Comment