loader

Breaking News

सिलगढी नगरनिगमको बोर्ड बैठकमा तनाव : पार्षदलाई निकालियो बैठक बाहिर

Image
 

सिलगढी नगरनिगमको बोर्ड बैठकको क्रममा बुधबार तनाउको परिवेश सिर्जना भयो भने बैठकबाट मेयर परिषदका सदस्य दिलीप बर्मनलाई बाहिर निकालियो। आरोपअनुसार बैठकअवधि बर्मनलाई बोल्नबाट रोकिएको थियो। त्यसपछि बैठकमा विवाद शुरू भएको हो। 
सिलगढीको 46 नम्बर वार्डका पार्षद दिलीप बर्मन बैठकबाट बाहिर निस्किएपछि आक्रोश पोख्दै आफूलाई बारम्बार चुप लगाइने गरेको आरोप लगाए। उनले हालै एक अवैध भवन भत्काइरहेको समय अचानक त्यसलाई बिचमा नै रोकेको विषयमा प्रश्न उठाए।

भवन भत्काइने प्रक्रिया शुरु गरिए तापनि नगर निगमका एक अधिकारीको फोन आएपछि अचानक त्यसलाई रोकिएको आरोप लगाए। उनले उक्त अभियानलाई रोकिएकोमा चिन्ता व्यक्त गर्दै नगरनिगमबाट यसबारे उचित जवाफको माग गरेका छन्। बुधबारको घटनाले नगरनिगमभित्रको आन्तरिक द्वन्द्वलाई सार्वजनिक गरेको छ, जसले गर्दा सिलिगढी शहरमा नयाँ राजनीतिक बहस शुरु भएको छ।


Leave a Comment