द हिमाल वर्ल्ड
सिलगढी, 12 जुलाई, 2025
केन्द्रीय सडक परिवहन तथा राजमार्ग राज्यमन्त्री अजय टम्टाले सिलगढी संलग्न मतिगढ़ाको बालासन पुल नजिकै राष्ट्रिय राजमार्गमा 31 मा जारी एलिवेटेड हाइवेको कामको निरीक्षण गरे। यस अवसरमा उनले राज्य सरकारमाथि असहयोगको आरोप लगाए। यस अवसरमा उनीसँग दार्जिलिङका सांसद राजु विष्ट, जलपाईगढ़ीका सांसद जयन्त राय, मतिगढ़ा नक्सलबारीका विधायक आनन्दमय बर्मन र फाँसीदेवाका विधायक दुर्गा मुर्मु पनि साथमा थिए। बालासनदेखि सेवोक आर्मी क्याम्पसम्म निर्माण भइरहेको यो एलिवेटेड हाइवेले यस क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।
एलिवेटेड करिडोरको निर्माणकार्यको निरीक्षण गरेपछि, केन्द्रीय सडक परिवहन तथा राजमार्ग राज्यमन्त्री अजय टम्टाले एलिवेटेड करिडोर सहित धेरै राष्ट्रिय राजमार्गहरूको निर्माणको लागि जग्गा अधिग्रहणसँग सम्बन्धित मामिलामा राज्य सरकार विरुद्ध असहयोगको आरोप लगाए। यस अवसरमा बोल्दै दार्जीलिङका सांसद राजु विष्टले सिलगढी एलिवेटेड हाइवेको निर्माणकार्य 53 प्रतिशत पुरा भएको र आगामी एक वर्षभित्र हाइवे निर्माणको कार्य पुरा हुने बताए।
Leave a Comment