द हिमाल वर्ल्ड
सिक्किम, 12 जुलाई, 2025।
पूर्व सिक्किमको नाथाङ माछोङ निर्वाचन क्षेत्रमा शुरु गरिएको चियाखेती 2026 भित्र 200 ऐकर जमिनमा विस्तार गरिने लक्ष्यका साथ काम भइरहेको राज्यसभा सांसद दोर्जी छिरिङ लेप्चाले जानकारी दिएका छन्। अहिलेसम्म यहाँ 70 ऐकर जमिनमा चियाका बिरूवा लगाइएको छ। नयाँ चिया कारखाना लगाउनका लागि कम से कम 200 ऐकरमा चिया खेती हुनुपर्ने नियम रहेकाले 2026 भित्र यो लक्ष्य पुरा गरिने सांसद लेप्चाले बताएका छन्। नाथाङ माछोङमा 2016 देखि परिक्षणको रुपमा चिया खेती शुरु गरिएको थियो जसबाट क्षेत्रमा चिया खेतीको सम्भावना देखिएपछि गत वर्ष देखि यहाँ व्यवसायिक रुपमा यो खेती बढाउन थालिएको छ। खेती बढ्नसंगै आगामी दिनमा चिया कारखानाको आवश्यकता रहेका कारण लगभग 26 करोड रुपियाँको डीपीआर तयार गरिएको जसलाई केन्द्र सरकारको वाणिज्य तथा उद्योग मन्त्रालयमा बुझाउन उनले जानकारी दिए। यहाँ चिया खेतीको विस्तारमा काम गरिरहेको टी ग्रोवर्स वेलफेयर बोर्ड अफ् नाथाङ माछोङले यस वर्षदेखि खाली रहेका जमिनलाई लिजमा लिएर पनि चियाका बिरूवा लगाउन शुरु गरेको। माछोङको गुम्बा ट्रष्टको अधिनमा रहेको 28 ऐकर जमिन टी ग्रोवर्स वेलफेयर बोर्डले लिएर नयाँ प्लान्टेसन गरिरहेको छ जसको आज शनिबार राज्यसभा सांसद दोर्जी छिरिङ लेप्चाले निरिक्षण गरेर आवस्यक बोर्डलाई आवश्यक सुझाव दिएका छन्।
टी ग्रोवर्स वेलफेयर बोर्डका महासचिव हरिचन्द्र न्यौपानेले स्थानीय मानिसहरू चिया खेतीलाई लिएर उत्साहित रहेका बताए। उनले भविष्यको पर्यटन सम्भावनालाई पनि ध्यानमा राखेर काम भइरहेको जानकारी दिएका छन्।
Leave a Comment