loader

Breaking News

नक्कली स्याम्पु बनाएर बेचेको आरोपमा सिलगढीबाट 9 जना पक्राउ

Image
 

नक्कली स्याम्पु बनाएर बेचेको आरोपमा सिलगढी पुलिसले 9 जनालाई पक्राउ गरेको छ। शनिबार, गोप्य सूचनाको आधारमा, सिलगढी थानाको सादा पोशाक पुलिसले सिलगढी थानाका आईसी प्रसेनजित विश्वासको नेतृत्वमा नगरनिगमको वार्ड नम्बर 6 मा अवस्थित खुरेशी मोहल्लामा छापा मारेको थियो। उक्त छापामारीको क्रममा पुलिसले प्रसिद्ध कम्पनीको नाममा नक्कली स्याम्पु बनाएर बेचेको आरोपमा उत्तर प्रदेशका 9 जना युवकहरूलाई पक्राउ गरेको छ। पुलिसले नक्कली स्याम्पुले भरिएका बोतलहरू पनि जफत गरेको छ।
आरोपअनुसार उक्त क्षेत्रमा उत्तर प्रदेशका 9 जना युवकहरूले मिराज आलम नामक व्यक्तिको घर भाडामा लिएका थिए। त्यहाँ उनीहरूले नक्कली स्याम्पु बनाएर, त्यसलाई बोतलमा सिल गरेर प्रसिद्ध कम्पनीको ट्याग लगाएर बजारमा बेच्ने गर्थे। पक्रा पर्नेहरूमा उस्मान, चाँद बाबु, साहेल खान, रोहित, साहाजन, समीर, बिकी खान, साहिल र टिटु रहेको पुलिसले जनाएको छ। उनीहरूसँग सोधपुछ गरेपछि पुलिसले उत्तर प्रदेशको आग्रा निवासी जहाँगीर नामक व्यक्ति यस गिरोहको मुख्य नाइके रहेको थाहा पाएको छ। आरोपी जहाँगीरले देशभरिमा यो नक्कली स्याम्पु व्यवसायको सञ्जाल फैलाएको छ। पक्रा परेका 9 जना युवकहरू उसकै एजेन्टको रूपमा काम गर्दै आइरहेका थिए भने उनीहरूले पहिले बिहारमा अड्डा बनाएका थिए । सिलगढी पुलिसले यस मुद्दा प्रवर्तन शाखालाई सुम्पिएको बताइएको छ। प्रवर्तन शाखा र सिलगढी पुलिसले घटनाको अनुसन्धान सुरु गरेको बताइएको छ।


Leave a Comment