टिस्टा नदीको सतह वृद्धि र बाँधहरूबाट उत्पन्न बाढीको समस्या सम्बन्धमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टले कानुनी कार्वाहीको तयारी गरिरहेको छ। शनिबार एउटा प्रेस विज्ञप्ति जारी गरेर आइजीजेएले यसबारे जानकारी गराएको ह।
आइजीजेएफ-ले टिस्टा नदीको खतरा अनि बढ्दो सतहप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसले दार्जीलिङ तथा वरिपरिका क्षेत्रमा वर्षेनी विनाशकारी बाढी ल्याइरहेको बताएको छ।
आइजीजेएफअनुसार पहिला टिस्टा नदी सडकभन्दा झण्डै 200 फिट तल बग्दथ्यो। तर अहिले नदीको सतह यति बढिसकेको छ कि सामान्य वर्षामा पनि सडक र गाउँ बाढीले क्षतिग्रस्त बन्नपुग्छ। यसको मुख्य कारण एनएचपीसी लगायतका कम्पनीहरूले बनाएका बाँधहरू रहेको जसको कारण टिस्टा नदीमा अत्यधिक गाद थुप्रिने अवस्था बनाएको बताइएको छ।
एनएचपीसीले दुईवटा बाँधबाट वार्षिक 600700 करोड रूपियाँ आम्दानी गर्ने गरेको तर यस क्षेत्रका जनतालाई केही पनि नदिएको आरोप आइजीजेएफले लगाएको छ।
आइजीजेएफले अब नेशनल ग्रिन ट्रायबुल्यनल (NGT) मा उजुरी दर्ता गर्ने भएको छ। यसको साथै बाँध सञ्चालन गर्ने कम्पनीहरूलाई नियमित रूपमा उत्खनन कार्य गर्न तथा वैकल्पिक समाधान अनिवार्य गर्न कानुनी कार्वाहीको माग गर्ने बताएको छ।
Leave a Comment