सेवोक पुलिस प्रशासन अनि सेवोक एन्टी ड्र्ग्स टोलीको संयुक्त आयोजनमा मंगलवार क्षेत्रमा ड्रग्समुक्त ऱ्याली निकालियो। ड्रग्समुक्त गाउँसितै सम्पूर्ण पहाड-तराई ड्रग्समुक्त बनाइनुपर्ने सन्देश दिनलाई नै उक्त ऱ्यालीको आयोजन गरिएको जनाइएको छ।
उल्लेखनीय छ, विगत दिनमा दिन खरसाङ महकुमा अन्तर्गत सेवोक क्षेत्रबाट आजसम्ममा ड्रग्स बेचबिखन गरेको आरोपमा ६ जनालाई पुलिसले पक्राउ गरिसकेको बताइएको छ।
मंगलवार सेवोकमा निकालिएको ड्रग्समुक्त ऱ्यालीमा खरसाङ पञ्चायत समिति सभापति अनु प्रधान, सेवोक पुलिस अधिकारी एवम् पुलिसकर्मीहरू, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका सिटोङ-लाटपञ्चर समष्टि युवाशक्ति सभापति समिर सुब्बा, सचिव सुसिल खम्बु राई, भागोप्रमो सिटोङ-लाटपञ्चर समष्टि सचिव रतन गुरुङ, नारी शक्तिका नेतृत्वहरू, सेवोक, कालीझोडा, १० माइलका युथ ब्लक कमिटी सभापति बिमल राई लगायत गाउँलेहरूको सहभागिता रहेको थियो।
Leave a Comment