लिम्बू समुदायको सांस्कृतिक संगठन याकथुङ सोङ चुम्भोले आफ्नो स्थापनाको एक यस वर्ष पूरा गरेको अवसरमा शताब्दी समारोह भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम दुङ्ग्रामा लिम्बू समुदायको प्रेक्षा गृहमा सम्पन्न भएको थियो । संगठनका अध्यक्ष सी.बी. सुब्बाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लिम्बू जातिको भाषा, संस्कृति, र परम्पराको संरक्षण र प्रवर्धनमा जोड दिइएको थियो।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा दोस्रो विश्व युद्धका भेटेरेन के.बी. सोङपाङ्बा उपस्थित थिए। विशिष्ट अतिथिका रूपमा डब्लु.बी.सी.एस. अफिसरहरू सुष्मिता सुब्बा र दर्शना सुब्बा, डा. शोभा सेन्जोंग, डुअर्स लिम्बू विकास समितिका अध्यक्ष ज्येष्ठ सुब्बा, बागडोग्राका लिम्बू सुब्बा फेडेरेसनका कोअर्डिनेटर आदि विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा अतिथिहरूले लिम्बू जातिको मौलिक संस्कार, परम्परा, र मातृभाषाको संरक्षण र सम्बर्द्धन आजको पुस्ताले कति महत्वपूर्ण रूपमा लिनुपर्ने हो भन्ने कुरामा गहिरो अभिव्यक्ति दिएका थिए। अतिथिहरूले याकथुङ सोङ चुम्भोले सय वर्षको अवधिमा लिम्बू समुदायमा एकताको भावना, संस्कृतिक चेतना र पहिचान संरक्षणमा पुर्याएको योगदानको सराहना गरे।
कार्यक्रमको आकर्षणको रूपमा लिम्बु कलाकारहरूले आफ्नो परम्परागत भेषभूषामा विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेका थिए। याकथुङ सोङ चुम्भोको यो सय वर्षे यात्राले लिम्बू समाजमा सांस्कृतिक चेतना विस्तार गर्ने दिशामा प्रेरणादायक भूमिका खेलेको र भविष्यमा अझ सशक्त रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।
Leave a Comment