कालेबुङमा यसवर्ष तीन दिवसीय स्वतन्त्रता दिवस समारोह आयोजना गरिने भएको छ। शुक्रबार आयोजक पक्षबाट अध्यक्ष बारुद थापा अनि सचिव अमिर बस्नेतले उक्त जानकारी दिँदै यसवर्ष विशेष कार्यक्रमहरू समावेश गरेर समारोहलाई तीन दिवसीय बनाइएको बताएका छन्। यसवर्ष पनि अघिदेखि नै फुड फेस्ट गरिने, 17 अगस्टको दिन विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिने, बाहिरका थप विद्यालयहरूलाई समावेश गरिने उनीहरूले बताएका छन्। समारोहलाई भव्य बनाउन शुक्रबार विद्यालयका प्रतिनिधहरूलाई लिएर बैठक बसेको थियो भने अन्य सङ्घ संस्थाहरूसित पनि क्रमिक रूपमा बैठक गरेर अघि बढ्ने निर्णय लिएको बताइएको छ।
Leave a Comment