कालेबुङ जिल्लाका 13 जना सब-जुनियर बक्सिङ खेलाडीहरू दार्जीलिङमा सम्पन्न हुने सब जुनियर स्टेट बक्सिङ प्रतियोगितामा सहभागी हुन बिहीबार प्रस्थान गरेका छन्। प्रतियोगितामा जानुअघि कालेबुङ जिल्ला बक्सिङ एसोसिएसनले एक सानो बिदाइ कार्यक्रमको आयोजना गर्दै खेलाडीहरूलाई खदा ओढाएर प्रोत्साहन प्रदान गरेको थियो।
उक्त अवसरमा स्टेट बक्सिङ भाइस प्रेसिडेन्ट एस.के. होनिक, कालेबुङ जिल्ला बक्सिङ एसोसिएसनका मूलसचिव मिलन सुब्बा, सह-कोच निमा भोटिया, अफिसियल रेफरी सन्तोष गिरी, अनुप साह लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
पत्रकारहरूलाई सम्बोधन गर्दै एस.के. होनिकले कालेबुङका खेलाडीहरूले अघिल्ला प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएको उल्लेख गरे।
Leave a Comment