loader

Breaking News

मदन तामङ हत्याकाण्डका आरोपी बंगलुरूबाट पक्राउ

Image
 

द हिमाल वर्ल्ड
सिलगढ़ी, 06 फरवरी

अखिल भारतीय गोर्खालीगका अध्यक्ष मदन तामङको हत्याकाण्डका एक आरोपी पुरण बहादुर राईलाई 6 फरवरी बिहीवार सीबीआई-ले बंगलुरूबाट पक्राउ गरेको छ। 
स्मरण गराइन्छ, 21 मई 2010 –को दिन दार्जीलिङको क्लबसाइडमा आयोजित अभागोलीको जनसभालाई सम्बोधन गर्ने तयारीको क्रममा दिउँसै निर्ममतापूर्वक मदन तामङको हत्या गरिएको थियो।
मदन तामङ हत्याकाण्डमा मोठ 54 जना आरोपीहरू रहेका थिए, जसमध्ये पाँचजनाको मृत्यु भइसकेको छ भने दुइजना भागेका छन्। यिनै आरोपीमध्ये पुरण बहादुर पनि एक रहेको सीबीआईले जनाएको छ। उनी विरुद्ध चार्जसिट दर्ता गरिएको थियो।
मदन तामङ हत्याकाण्डको जाँच पहिले सीआईडी-ले गरिरहेको थियो भने पछि सीआईडी-बाट सीबीआई-लाई सुम्पिएको थियो।
सीबीआईले जारी गरेको विज्ञप्ति अनुसार 2017 देखि नै पुरण बहादुर राई कानूनबाट भागिरहेका थिए। यसका साथै, उनी दार्जीलिङबाट बेंगलुरूमा बसोबासो गर्दै आइरहेका थिए। राईले 2017 देखि अदालतको सुनवाइ मितिहरूमा हाजिरी नदिएका कारण नै गत 20 नोभेम्बर 2024 –मा उनी विरुद्ध सशक्त वारण्ट जारी गरिएको थियो, जसको फलस्वरूप नै उनलाई बिहीवार सीबीआई-ले बंगलुरूबाट पक्राउ गरेको बताइएको छ।
उल्लेखनीय छ, मदन तामङ हत्याकाण्डको मुद्दा सिटी सेसन्स कोर्ट कोलकातामा चलिरहेछ।


Leave a Comment