loader

Breaking News

दार्जीलिङका दुइ कार पार्किङ शहीदहरूका नाउँमा

Image
 

शहीद दिवसको अवसर पारेर दार्जीलिङका दुईवटा कार पार्किङको नाम शहीद देवराज शर्मा र कृष्ण सुब्बाको नाममा राखियो।

भारतीय गोर्खा परिसंघ, भारतीय गोर्खा जन आवाज, एसडब्लुसीसी, हिमालयन यातायात समन्वय संगठन, पार्वत्य कर्मचारी संगठन र फोसेपले आइतबार संयुक्तरूपमा शहीद दिवस पालन गर्दै स्थानीय काकझोड़ास्थित डीआरसी कार पार्किङलाई शहीद देवराज शर्माको नाममा राख्यो भने दार्जीलिङ सरकारी महाविद्यालयमुनिको पीडब्लुडी कार पार्किङलाई शहीद कृष्ण सुब्बा पार्किङ स्थलको नाम दिइयो।

यस अवसरमा सर्वप्रथम बिहान यी संस्थाहरूले स्थानीय काकझोड़ास्थित डीआरसी कार पार्किङ परिसरमा शहीद दिवस पालन गरेको थियो, जहाँ यी संघ-संस्थाहरूका प्रतिनिधिहरूले शहीद बेदीमा खदामाला अर्पण गर्दै शहीदहरूप्रति श्रद्धार्पण गरे।

यी संस्थाहरूको भनाई छ-हालसम्म शहीद दिवस पार्टीगत रूपमा पालन हुँदै आइरहेको छ। तर अब य़सलाई पार्टीको होइन, जातिको बनाएर लानुपर्छ। शहीदहरूलाई पार्टी विशेषले मात्रै हालसम्म आफ्नो सम्झनाका रूपमा मनाउँदै आइरहेका छन्। यसैले शहीदको मूल्याङ्कन गर्न साथै शहीदको समर्पण भुल्न सक्ने अवस्थामा पुगिरहेको छ। यसैले अब शहीद दिवसलाई जातिको बनाएर पालन गर्न आवश्यक छ।

यसैबीच, यी संस्थाहरूले स्थानीय दुवैवटा पार्किङका साथै दार्जीलिङ नगरपालिका कार्यालय अघिल्तिर अवस्थित शहीद मेजर गुर्गा मल्लको सालिगअघि पनि दीप प्रज्ज्वलन गरी शहीद दिवस पालन गरे। यसका साथै आज आइतबार साँझ साढ़े 6 बजीदेखि 7 बजीभित्र सम्पूर्ण पहाड़वासीले आ-आफ्नो घरको दलानमा दीप प्रज्ज्वलन गरी शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरिदिने पनि यी संस्थाहरूले आह्वान गरेका छन्।


Leave a Comment