रोटरी क्लब अफ् दार्जीलिङले अन्तर विद्यालय बिरूवा हेरचाह प्रतियोगिता शुरू गर्ने घोषणा गरेको छ। जसमा भाग लिएका विद्यालयहरूले बिरूवा रोप्ने मात्रै होइन, त्यसको उचित हेरचाह पनि गर्नुपर्नेछ।
यसका लागि प्रत्येक विद्यालयलाई 10-15 वटा गरेर बिरुवाहरू प्रदान गरिइने भएको छ। ती बिरूवाहरूलाई विद्यालयहरूले कसरी हेरचाह गर्छन् भनेर एक वर्षसम्म हेरिने भएको छ। एक वर्षपछि जसले राम्रोसितले बिरूवा हेरचाह गरेका छन् त्यस विद्यालयलाई पुरस्कृत गरिने भएको छ।
रोटरी क्लब अफ दार्जीलिङले यस प्रतियोगितालाई 'द ग्रिन थम्प' नाम दिइएको छ। यसै प्रतियोगितालाई लिएर शुक्रबार रोटरी क्लब अफ दार्जीलिङका अध्यक्ष विवेक छेत्री र पूर्व अध्यक्ष टाँसी पिन्चोले रंगबुलस्थित नर्सरीमा बिरुवाहरू हेर्न पुगेका थिए।
यस प्रतियोगिता विषयमा शुक्रबार पत्रकारहरूसित बोल्दै क्लबका अध्यक्ष विवेक छेत्रीले बिरूवाको उचित हेरचाह गर्ने सम्बन्धित विद्यालयहरूलाई विजेताको रूपमा पुरस्कारहरू दिने योजना क्लबले बनाएको बताएका छन्।
Leave a Comment