loader

Breaking News

पञ्चतत्त्वमा बिलिन् भए कल्याण राई : दार्जीलिङमा गरियो अन्तिम संस्कार

Image
 

पञ्चतत्वमा बिलिन् भए दार्जीलिङ लेबोङ निवासी कल्याण राई। आज शुक्रबार राई संस्कारअनुरूप दार्जीलिङको लेबोङमा तिनको अन्तिम संस्कार गरियो। उनको अन्तिम संस्कारमा सबैका आँखा रसाएका थिए। सबैले तिनलाई अश्रुपूर्ण बिदाई दिए।

कल्याणको निधनपछि घरमा कल्याणका बाबा एक्लै बनेका छन्। कल्याण तिनका एक मात्र छोरा थिए। कल्याणकी दिदीको पनि विवाह भइसकेको छ। एक्लो बाबुको सहारा भनेकै कल्याण मात्रै थिए। कल्याणकी आमाको मृत्यु भएको पनि 2 वर्ष मात्र पुगेको थियो। गान्तोकमा काम गर्दै आफ्नो परिवारको हेरचाह गर्दै आएका कल्याणको हत्यापछि तिनका बाबु सम्हालिन सकिरहेका छैनन्।

उल्लेखनीय छ, गत 22 जुलाईको दिन गान्तोकमा कल्याण राईको हत्या भएको थियो। एकजना अवकाशप्राप्त वन विभागका अधिकारीले हत्याको घटनालाई लिएर थानामा आत्म समर्पण गरेका थिए। घटनापछि कल्याणका परिवार, छरछिमेकी सबैले कल्याणको न्यायको निम्ति गुहार गरिरहेके छन।

कल्याणलाई श्रद्धाञ्जलि अर्पण कल्याणका साथीभाइ, आफन्त, शुभचिन्तकहरू आज शुक्रबार दार्जीलिङको चौरस्तामा मैनबत्ती लिएर भेला हुने भएका छन्।


Leave a Comment