loader

Breaking News

सिङ्गेल चियाकमानको बाँसघारीमा आइजीजेएफ-द्वारा झोलुङ्गे पुल निर्माण कार्य शुरु

Image
 

इण्डियन गोर्खा जनशक्ति फ्रन्टले खरसाङको सिङ्गेल  चियाकमानस्थित बाँसघारीमा फलामको झोलुङ्गे पुल निर्माण कार्य शुरु गरेको छ। प्रत्येक वर्ष वर्खाको समयमा सिङ्गेल चियाकमानको तल रहेको बासघारी गाउँ जोखिममा पर्ने गर्थ्यो। यहाँ खोलाको भेलले गर्दा गाउँको अन्य स्थानसँग सम्पर्क विच्छेद हुने गर्थ्यो। जसले गर्दा स्थानीयहरूलाई धेरै समस्या भोग्नु परिरहेको थियो भने स्थानीयहरूलाई अस्पताल, स्कुल, बजार आदि स्थानसम्म पुग्न जीवन जोखिममा पार्नुपर्ने बाध्यता थियो।

यस समस्यालाई सम्बोधन गर्दै, आइजीजेएफले गाउँलाई खरसाङसँग सुरक्षित रूपमा जोड्न फलामको झोलुंगे पुल निर्माण सुरु गरेको छ। आइजीजेएफका मुख्य संयोजक अजय एड्वर्ड्सले यो एउटा पुल मात्र नभएर हाम्रो प्रतिज्ञाको प्रतिबिम्ब हो भनी बताएका छन्। उनले हामी आफ्ना जनतालाई प्रत्येक वर्ष यस्ता जोखिमपूर्ण बाटोहरू पार गर्न बाध्य पार्न सक्दैनौं भन्दै हामी विश्वास गर्छौं, माया शब्दमा मात्र होइन, कर्ममा देखिनुपर्छ भनी बताए।

स्थानीय बासिन्दाहरूको सक्रिय सहभागितामा निर्माण भइरहेको यो झोलुंगे पुल आगामी 2 महिनाभित्र पुरा हुने बताइएको छ। पुल निर्माणकार्य पूरा भएपछि बाँसघारी गाउँका दर्जनौं परिवारहरूलाई वर्षभरिको आवागमन सहज हुने र गाउँ पुनः मुख्यधारासँग जोडिने विश्वास गरिएको छ।


Leave a Comment