loader

Breaking News

दार्जीलिङको वन विभागका क्वार्टरहरू जलेर भष्म

Image
 

आज बुधबार राती दार्जीलिङको काकझोड़ास्थित वन विभागका क्वार्टरहरू जलेर भष्म भए। एकाएक लागेको यो आगोलाई नियन्त्रण गर्न स्थानीय नागरिक साथै अग्निशमन विभागका कर्मचारीहरूले सक्दो प्रयास गरे पनि काठले निर्माण भएका पुराना क्वार्टरहरू नराम्रोघतले प्रभावित भएका छन्। जहाँ बस्ने नागरिकहरूलाई स्थानीय मानिस तथा अग्निशमन विभागका कर्मचारीहरूले सुरक्षित ढङ्गमा बाहिर निकालेका छन्। यद्यपि, यो समाचार लेख्दासम्म आगोलाई पूर्णरूपले नियन्त्रणमा ल्याउन सकिएको थिएन। जसको कारण यसको क्षयक्षतिको पूर्ण विवरण अहिले नै प्राप्त हुनसकेको छैन। तर आगो यति ठूलो थियो, जसको कारण क्षयक्षति पनि ठूलै भएको बताउन सकिन्छ।


Leave a Comment